पुल नबन्दा ज्यानको बाजी राखेर कर्णाली नदिमा तुईन तर्न बाध्य

अर्जुन बोहरा

माघ १९,२०७८
हुम्ला । कर्णाली नदीमा पुल नबन्दा मुगुको सोरुगाउँपालिका र हुम्लाीको अदनचुली गाउँपालिका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन् ।
सरकारले ६ बर्ष पहिलेनै देशभरबाट तुइन हटाउने घोषणा गरे पनि अधिकाँस ठाउँमा पुल नबन्दा तुईनकै भरमा र्तन बाध्य भएका छन । मुगुको सोरु गाउँपालिका र हुम्लाको अदचुली गाउँपालि श्रीनगरगाउँका बासीन्दा लाई समयमै पुल नबन्दा ज्यानको बाजी राखेर तुइन तर्न बाध्य भएको अदनचुली गाउँपालिका स्थानीय मोती महताराले बताउनु भयो । तर कर्णाली नदि तुईनकै भरमा तर्नु पर्ने बाध्यता अझै कायम छ । दोमुखमा पुल नबन्दा मुगुको सोरु र हुम्लाीको अदनचुलीका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन् ।
दुई जिल्लाको अन्तरगाउँपालिका जोडने पुल नबन्दा बग्ने कर्णाली नदी वारपार गर्न त्यहाँका बासिन्दा अझै तुईनको प्रयोग गरिरहेका छन । कर्णाली नदिको दोमुखमा नदी तर्न उनीहरुसंग अर्को बिकल्प छैन । मुगु जिल्लाको सोरु गाउँपालिका ३नम्बर वडा र हुम्लाको अदनचुली गाउँपालिका वडानं १को कल्खेमा जोडेन पुल ठेक्का लगेका ठेक्केदारले पुल निमार्ण नगर्दा आफु लाई वारपार गर्न समस्या भएको दिपक महतराले बताए ।
मुगु जिल्लाको सोरु गाउँपालिका ३ वडाको धईनकोट, १०कोजैसीवाडा,धैन,दई , ११कोट,तल्लीवाडा,रोकायावाडा र हुम्लाको अदनचुली गाउँपालिको वडानं१,२,३को कल्खे,फटेरावाडा,भण्डारीवाडा,थापागाउँ,रोकायावडा,महतरावाडा लगायताका बासिन्दाहरुले तुईन र्तन बाध्य भएका छन ।
दुबै गाउँपालिका लाई जोडने कर्णाली नदिको दोमुखमा झोलुंगे पुल निर्माणको लागि ठेक्का पनि दिईएको छ । तर पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीहरु वर्षौदेखि पुल अलपत्र पारेका छन । जसका कारण हुम्लाको अदनचुली र मुगुको सोरु जोडेन पुल नहुँदा दुबै गाउँपालिका बासिन्दा तुईनको भरमा वारपार गर्नु परेको कल्खे गाउँका मक्क महताराले बताए ।
“कर्णाली नदीको दोमुखमा झोलुंगे पुल भएको भए यसरी जोखिमपूर्ण यात्रा गर्ने अवस्था नै रहने थिएन, स्थानीय मक्क मतारा भन्छन्, तुईन विस्थापित गर्ने सरकारले घोषणा गरिसेको पाँच बर्ष भइसक्यो, तर काम संचालन भएकै छैन । यी ठाउँमा दैनिक उपभोग्य बस्तुका माल समान पनि तुइनबाट नै तराउने गरिएको छ । तुईनमा चढेर तर्न महिला र बालबालिकालाई कठीन हुने गरेको छ ।”
गाउँका मानिस विरामी पर्दा तुईनबाट तार्न थप समस्या हुने गरेको स्थानीयको भनाइ छ । गाउँका बासिन्दालाई दैनिक उपभोग्य मालसामान ओसारपसार गर्न, औषधि उपचार गर्न समेत सास्ती खेप्नु परेको छ । कर्णाली नदिको दोमुखमा स्थानीयको पाइक पर्ने स्थानमा पुल नहुँदा मुगु र हुम्लाका बासिन्दाले तुइनबाट नदि तर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस