कर्णालीमा चार जना लाई मन्त्री बनाउने तयारी

फिल्को मिसन

माघ २१ ,२०७८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वको सरकारले पुर्णाता पाउने भएको छ । मुख्यमन्त्री शाहीले माओवादीबाट छिरीङ्गदुम्दुल लामा (कार्चेन), जाजरकोटबाट सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने भएका छन् ।
नेपाली कांग्रेसबाट यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् । यससँगै कर्णाली मन्त्रिपरिषद् ८ सदस्यीय हुने भएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । शाही १६ कात्तिकमा मुख्यमन्त्री बनेका थिए ।
आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले ४, एकीकृत समाजवादीले ४ र कांग्रेसले मुख्यमन्त्रीसहित ३ मन्त्रालयमा दाबी गरेपछि भागबण्डा मिलाउन सकस भएको थियो । माओवादीले ३, कांग्रेसले मुख्यमन्त्रीसहित ३ र एकीकृत समाजवादीले २मन्त्रालय लिने सहमति भएको छ ।
माओवादी केन्द्र पार्टी बाट कार्चेन लामा र गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने निर्णय भएको प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष बिमला केसीले बताउनु भयोे ।

प्रतिक्रिया दिनुहोस