एमसीसी बारेमा सत्ता गठबन्धनको बैठक आज निश्कर्ष बिहिन

फिल्को मिसन

माघ २९,२०७८
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा लैजाने विषयमा सत्ता गठबन्धन को बैठक आज पनि निश्कर्ष विहिन भएको छ ।
गठबन्धनका प्रमुख तीन शीर्ष नेता आआफ्नै अडानमा बसेपछि एमसीसीको बारेमा आज पनि निर्णय हुन नसकेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा छलफल भएको थियो ।
छलफलको क्रममा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अब बस्ने बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेपनि नेताद्धय प्रचण्ड र नेपालले त्यसो गर्न नहुने बताउनुभएको थियो । नेता प्रचण्ड र नेपालले संसद्मा एमसीसी टेबुल गर्नु अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस