शहिद परिवार भेटन मन्त्री लामा गृह जिल्लामा

फिल्को मिसन

फागुन ३,२०७८
हुम्ला । कर्णाली प्रदेशका उद्योग,पर्यटन बन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामा हुम्ला पुगेका छन । हुम्ला जिल्लाको पहिलो सहिद भक्त बुढा (महेश)को घरपरिवार भेटन उनी हुम्ला पुगेका हुन । उनले हुम्लामै जनयुद्धको २७ बर्षगाँठ मनाउएका छन ।
मन्त्री लामा नेपालगञ्जबाट बाजुरा हुदै शहिद परिवार भेटन हुम्लाको दक्षिण गाउँपालिका चंखेली, सर्केगाड, अदनचुली र ताँजको गाउँपालिमा पुगेका हुन । उनले जनयुद्ध दिवसमा शहिद परिवार संग छलफल र भेटघाट गरेको सर्केगाढ गाउँपालिका अध्यक्ष कृष्णा रोकायाले बताए ।
सशस्त्र द्धन्द्धको बेला अछाम ढाकु गाविसको ढुंगलामा २०५६ पुस २९ गते शहिद भएका थिए । तत्कालिन गोठी गाउँविकास समिति पुमा गाउँमा जन्मिएका बुढा हुम्लाको पहिलो शहिद हुन । हुम्ला जिल्लाबाट सशस्त्र द्धन्द्धको वेलामा राज्यपक्षय बाट माओवादी पार्टीका विभिन्न मोर्चामा १सय १०जनाले ज्यान गुमाएका छन ।
शहिदहरुले देश र जनताको लागि वलिदान दिएको भएपनि उचित संरक्षण नभएको गुनासो गरेका छन ।सरकारले शहिदको संरक्षणको प्रयास गरेको भएपनि त्यो संरक्षण सवै शहिदहरुमा पुग्न नसकेको वताए । देश र जनताको लागि अग्रसर वन्दा कतिपय घाइते,अपांग भएपनि उनिहरुलाई सरक्षण नगरेकोमा आपत्ति जनाइएको छ ।
कार्यक्रममा वोल्दै हुम्ला जिल्लाका माओवादी केन्द्रका बरिष्ठ नेता तथा कर्णाली प्रदेशका उद्योग,पर्यटन बन तथा वातावरण मन्त्री कार्चेनले शहिदहरुको लागि आफुले प्रदेश स्तरमै छलफल गरेको वताउनुभयो । कतिपयले आफ्ना छोराछारी तथा आमावुवा नै गुमाएको अवस्थामा निकै गाह्रो भएको कुरालाई स्मरण गर्दै पार्टीले प्राथमिकतामा राखेको वताउनु भयो । शहिदहरुलाई शिक्षा रोजगार लगाएत ठाउमा स्थान दिनुपर्ने शहिद परिवार कार्चेने वताउनुभयो ।
नेकपा माओबादी केन्द्र हुम्लाका अध्यक्ष लालकेश जैसीले शहिद परिवार भेटेर जनयुद्ध दिवस मनाएको बताए । सहिद परिवार संग भेट्ने,जनयुद्ध दिवसको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम संचालन गरेको बताए । जनयुद्धको २७ औ बर्षगाँठ पहिलो शहिदको चंखेली गाउँपालिकामा मनाएकोे मन्त्रीका सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस