प्रधानमन्त्री देउवा पछाडि हटे :आज एमसीसी टेवल नहुने
फागुन ४,२०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज संसदमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।
प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसीसी टेबल गर्ने पक्षमा थिए । माओवादी संसदीय दलको बैठकले एमसीसी यथास्थितिमा टेबल गरे सरकरा छाड्ने निर्णय गरेपछि प्रधानमन्त्री पछाडि हटेका हुनु ।
एमसीसीका सवालमा भोलि दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने दुई नेताबीच सहमति भएको छ । प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेट भएको र गठबन्धनका शीर्ष नेताहरुबीच भोलि बैठक बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिए ।