एमसीसी पास गरेमा सरकारबाट बाहिरिने माओवादीको निर्णय

फागुनु ४,२०७८
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन गरेमा सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने प्रमुख सचेतक देव गुरुङले बताए । सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको निर्णय आएको छ ।