एमसीसीविरुद्धको आन्दोलन थप सशक्त बनाउने आठ दलीय मोर्चाको निणर्य

फिल्को मिसन

फागुन ५,२०७८
काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत आठ दलीय मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । यसका साथै सोही दिन १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने नेकपा माओवादी केन्द्र समाजवादी अध्यक्ष कर्णजित बुढाथोकी सुशिल बताए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् ।
यस्तै कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगगतन्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस