एमसीसीका विषयमा निर्णय लिन गठबन्धन बैठक विन निष्कर्ष टुंगियो

फिल्को मिसन

फागुन ५,२०७८
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल हो । एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको विना निष्कर्ष टुंगिएको छ । भोलि ९ बजे फेरि बैठक बस्नै गरि आजको बैठक सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका नेताहरू छन् । कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौलालगायत बैठकमा सहभागी भएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बसेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल छन् । यस्तै जसपाबाट डास. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस