सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

फागुन ५,२०७८
सिमकोट । हुम्लाबाट एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरेको छ । घरमै बच्चा जन्मे पनि सुत्केरी महिलाको शरीर सुनिन थालेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी २५ वर्षीया जानसा रावल सुत्केरी भए पनि शरीर सुनिएर स्वास प्रस्वासमा समस्या आएको उनलाई उपचारका लागि बाहिर जिल्ला लिइएको स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले बताईन ।
बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत अस्पताल लगिएको बोहोराले जानकारी दिइन् ।
सुत्केरी महिला बिरामी भएको खबर आउने बित्तिक्कै सेनाको हेलिकोप्टर बाट उद्धारा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा बाट उद्धार गरेको छ ।