एमसीसी सहमति जोगउन ओलीलाई भेट्न देउवा बालकोट

फिल्को मिसन

फागुन ५,२०७८
काठमाडौं । एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन् । बिहीबार राति देउवा बालकोट पुगेका हुन् । पत्नी आरजुसहित बालकोट पुगेका देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता तथा संसद् बैठक सञ्चालनका विषयमा छलफल गर्ने बुझिएको छ।
सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसिसी संसदमा टेबल गर्ने विषयमा सहमति नजुट्ेपछि प्रधानमन्त्री देउवा ओलीलाई गुहार्न बालकोट पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस