एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य छैन : अमेरिकी राजदूत बेरी
फागुन ६,२०७८
काठमाडौं । अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा सरकार, विज्ञ र आम नागरिकका विभिन्न अभिव्यक्तिहरु आईरहेका बेला नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताए ।
आज सामाजिक सञ्जाल ट्वीटर मार्फत दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई छ । तर हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताउनु भएको हो । वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको आफुहरु बलियो समर्थक भएको तर अनावस्यक हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने उहाँले ट्वीटका उल्लेख गर्नुभएको छ ।