ओमानमाथि नेपालको सानदार जित

फिल्को मिसन

फागुन ६,२०७८
काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको थियो ।
नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रन बनाउँदै अलआउट हुनपुग्यो । ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाएका थिए । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तिन विकेट लिनु भएको छ । यस्तै, जितेन्द्र मुखिया, दिपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान दुई÷दुई तथा अभिनास बोहोराले एक विकेट लिएका थिए । यस जितसँगै नेपालले सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस