विश्व बैंकबाट २ अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

फिल्को मिसन

फागुन ६,२०७८
काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट २ अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले भने, ‘कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब दुई अर्ब १४ करोड नेपाली रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निणयं भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्र्कीले बताउनुभयो ।
यस्तै गरि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यसैगरी नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची–१ हेरफेर गर्ने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस