बाघको छालासहित एक पक्राउ

फागुन १६,२०७८
हुम्ला । हुम्लाबाट बाघको हड्डी र छालासहित एक जनालाई पक्राउ गरिएको छ। अस्थायी प्रहरी चौकी छप्रेलाले विशेष सुराखीको आधारमा सोमबार विहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका–४ को उत्तिस्यानीका ३७ वर्षीया सुनिल सार्की छन्। घरमा लुकाई रहेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको हो। प्रहरीले छाला र हड्डीको मुचुल्कासमेत तयार गरी सार्कीलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले बताएको छ ।शंकास्पद गतिविधी गरीरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत हड्डी लगायत फेला हो । जिल्लामा पुगेपछि आवश्यक कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।