आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धि अन्तरक्रिया

फिल्को मिसन

फागनु १७,२०७८
हुम्ला । फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइने कार्यक्रम अन्तर्गत सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया गरिएको छ ।हुम्लाको ताँजकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीको आयोजना विभिन्न गाउँमा अहिले पनि ढिके नुनको प्रयोग हुने गरेको जानकारी दिनुभयो । दुर्गम स्थानमा रहेको स्वास्थ्यचौकीले आयोडिनमा महत्व बुझाउन महिलासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीबाट आयोडिनको महत्व, फाइदा, प्रयोग नगर्दाका बेफाइदा, आयोडिन पाइने बस्तुबारे स्वास्थ्य स्वयंसेविका र स्थानीय महिला आमा समूहसँग छलफल गरिएको छ । आयोडिनयुक्त नुनलाई घरमा चुलो वरिपरि तातो ठाउँमा नराख्ने, बिर्को राम्ररी बन्द गर्ने बट्टामा राखी नुन झिकेपछि तुरुन्तै बन्द गर्नुपर्छ र ओसिएको आयोडिनयुक्त नुन उपभोग नगर्न उहाँले सल्लाहा दिनुभयो ।
आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्न मानिसमा कमै चेतना भएका कारण पनि यसको प्रयोग गर्नै पर्ने अवस्थाबारे सहजीकरण गरिएको ढंकाले बताए । भारतबाट आउने खुला नुन खानयोग्य नहुने भन्दै उहाँले त्यसलाई विस्थापन गर्न आयोडिनयुक्त नुंन प्रयोग गर्ने आग्रह गर्नु भयो । उनले तरकारीमा पहिले नै नुन राख्दा आयोडिन नष्ट हुने भएकाले अन्तिममा नुन राख्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस