माओवादी केन्द्र हुम्लाल्लले कमिटी पूर्णता
फागुन १९,२०७८
हुम्ला । नेकपा माओवादी केन्द्र हुम्लाको शुक्रबार बसेको जिल्ला समन्वय समितिको बैठकले रिक्तरहेका पद लाई पूर्णता दिएको छ। माओवादी केन्द्र पार्टीका कर्णाली प्रदेशका अध्यक्ष विमला केसी र पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहभागितामा बैठक संचालन भएको थियो । समितिका लागि सात वटा गाउँपालिकाका कमिटीबाट पदाधिकारी सात जना गरी सात वटा गाउँपालिकाबाट ४९ जना ,जिल्ला समन्वय समिति बनाएको छ ।
हुम्लाबाट उक्त पार्टीको प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने १८ जना, २ जना प्रदेश सभा सदस्य र १ जना संघीय सांसद गरी ३ जना गरेर ७४ जना र त्यसको २५ प्रतिशतले हुन आउने २१ जनालाई बैठकले मनोनीत गरेर कुल ९५ सदस्यीय समिति गठन गरेको छ।
सातैवटा गाउँपालिकामा प्रदेश सदस्यहरु लाई संयोजक रहने गरी कार्य विभाजन गरिएको छ। जसमा ताँजाकोटमा गोपाल बुढा, अदानचुलीमा दलु फडेरा, चंखेलीमा सुरवीर ऐडी, सर्केगार्डमा कमल ऐडी, खार्पुनाथ पुर्ण बहादुर रोकाया, सिमकोटमा ताक्ला जिक्मेत लामा र नाम्खा गाउँपालिकामा दाव्ला लामा संयोजक र जिल्लाबाट अन्य प्रदेश कमिटीका सदस्य रहने गरी कार्य विभाजन गरिएको हो।
त्यसैगरी, बैठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि सात वटै गाउँपालिकाका लागि निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ। जसमा ताँजाकोटमा लालकेश जैसी, अदानचुलीमा रणसिंह परियार, चंखेलीमा सुरवीर ऐडी, सर्केगार्डमा डाक्टर दीपेन्द्र रोकाया, खार्पुनाथमा तुलबहादु शाही, सिमकोटमा विजय भण्डारी र नाम्खा गाउँपालिकामा संघीस सांसद छक्कबहादुर लामालाई संयोजक चयन गरिएको हो।