चुनावमा शक्ति केन्द्रीत गर्ने एकीकृत समाजवादीको निर्णय(फोटो फिचर)

फिल्को मिसन

फागुन २६,२०७८ विहीबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३औँ बैठकले गठबन्धनमा सामेल सबै दललाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।
‘लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ ।’ बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

आगामी ३० वैशाखमा एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै समाजवादीले सरकारलाई धन्यवाद दिएको छ । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई पनि धन्यवाद दिने निर्णय गरेको भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस