युक्रेनलाई रुसविरुद्ध लड्न अमेरिकाले प्रत्यक्ष सहयोग नगर्ने:बाइडन

फिल्को मिसन

फागुन २८,२०७८
एजेन्सी ।अमेरिकी राष्ट्रपति जो बाइडनले रुससँग लड्नका लागि अमेरिकाले आफ्नो सेना युक्रेन नपठाउने प्रष्ट पार्नुभएको छ । उहाँले सामाजीक सञ्जालमा ट्वीट गर्दै नेटो र रुसबीचको लडाइँले तेस्रो विश्वयुद्ध निम्तिने जोखिम रहेकाले अमेरिकाले युक्रेनलाई युद्धमा आफ्नो सेना नपठाउने प्रष्ट पार्नुभएको हो ।
यसैबीच, अमेरिकाले रुससँगको सामान्य व्यापार सम्झौता पनि रद्द गरेको छ । अमेरिकी राष्ट्रपति बाइडनले युक्रेनमाथि भइरहेको आक्रमणको ठूलो क्षति रुसले भोग्नुपर्ने चेतावनी समेत दिनुभयो । अमेरिकाको यस निर्णयले रुसको अर्थतन्त्रमाथि ठूलो दबाब पर्ने र आर्थिक मन्त्रीको सामना गर्नुपर्ने बताइएको छ । यस्तै संयुक्त राष्ट्र सङ्घले युक्रेन युद्धमा जैवीक हथियारको प्रयोग गर्नु कसैको हितमा नभएको बताएको छ ।
विभिन्न मुलुकले प्रतिबन्ध लगाएपछि रुसले जैवीक हतियारले आक्रमण गर्ने चेतावनी दिएपछि राष्ट्र सङ्घले युक्रेन युद्धमा जैवीक हतियार प्रयोगको आवश्यकता नरहेको बताएको हो । हिजो भएको राष्ट्र सङ्घको आपतकालीन सुरक्षा परिषदको बैठकमा रुसले आफूमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ ।
अमेरिकाले प्रत्यक्ष रुपमा युद्धमा सहभागि नहुने बताइरहँदा युक्रेनले भने नेटोसँग सैन्य सहयोग माग्दै आएको छ । प्रत्यक्ष रुपमा युद्धमा सहभागि नभएर अमेरिकासहित पश्चिमी मुलुकले रुसमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस