रुस–युक्रेन वार्ता केहि प्रगति भएको : पुटिन दाबी

फिल्को मिसन

फागुन २८,२०७८
ऐजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ ।
मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गर्नुभयो ।
उहाँले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेकोसमेत बताउनुभयो । यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस