तिन घण्टापछि सिमकोटमा लागेको आगो नियन्त्रणमा
फागुन २८,२०७८
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकामा वडा नम्बर ५ को खाद्यक (तल्लो गाउँ) मा एक्कासि आगलागी भएको छ।
शनिवार साढे २ वजे तिर घाँस र दाउराबाट शुरु भएको आगलागि स्थानीय र सुरुक्षाकर्मि सहयोगमा आगो नियन्त्रण आएको छ । प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार गाउँको मध्य क्षेत्रमा रहेको दाउरा र घाँस राखेको स्थानमा आगलागी बताए।
सिमकोट गाउँपालिका वडानं ५स्थीत तल्लोगाउँ बशन्त रोकयाको घाँस बाट शुरु भई दाउराको खात बाट शुरु भएको आगो निभाउन कम्तिमाल ३घण्टा लागेको बताए।
आगालागि भएको जिल्ला प्रहरी कार्यालय लाई जानकारी गराएपछि लगतै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका र स्थानीय बासिन्दा सहयोगमा नियन्त्रणमा लिएको हो । पशुवस्तुका लागि भण्डारण गरिएको घाँस स्टोरो गरिएको दाउरा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ।
आगलागीबाट पदमबहादुर रावत र चक्र रावत दाउरा र घाँस जलेको छ । आगो कसरी लागेको भन्ने बारेमा अनुसुन्धान जारी रहेको प्रहरीले बताए । बिजुलीको तारबाट सर्ट भएको वा बालबालिकाले आगो लगाएको हुन सक्ने अनुमान गरेको छ । आगलागिबाट मानवीय क्षति भने भएको छैन।