सङ्कटमोचनको मुख्य भूमिकामा माओवादीकै छ प्रचण्ड

फिल्को मिसन

फागुन २८,२०७८
नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्कटमोचनको भूमिकामा माओवादीकै रहेको दाबी गर्नुभएको छ ।

आज नुवाकोटमा पार्टीका नेता स्वर्गीय पोष्टबहादुर बोगटीको पूर्ण कदको शालिक अनावरण कार्यक्रममा उहाँले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, बृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका सङ्कबाट पार लगाउने खालको भएको बताए ।
बताउनुभयो । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै सङ्कटमा पर्ने अवस्था आएको र त्यो सङ्कट समाधान गर्न पनि एमसीसी पास गरेर माओवादीले राम्रो काम गरेको दावी गर्नुभयो । आगामी स्थानीय तहको चुनावमा सकभर पार्टी एक्लै जानुपर्ने तर आवश्यक परेका केही ठाउँमा वर्तमान गठबन्धनका दलसँग तालमेल गर्न सकिने उहाँको भनाइ थियो ।
जनयुद्धबाट शान्ति प्रक्रियामा रूपान्तर गर्नु सामान्य कुरा नभएको उल्लेख गरे। संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि देशलाई निकास दिने भूमिका माओवादीकै भएको बताए ।

प्रतिक्रिया दिनुहोस