एमसिसी आफनो पार्टीको भूमिका हुँदैन :अध्यक्ष लिङ्देन

फिल्को मिसन

फागनु २८,२०७८
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी कार्यान्वयनमा आफनो पार्टी राप्रपाको भूमिका नरहने बताएका छन ।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एमसिसी पारित गर्ने विषयमा पनि आफ्नो पार्टीको भूमिका नभएको धारणा राखेका हुन् । विगतमा पनि यस विषयमा कुनै भूमिका नरहेको भन्दै अबका दिनमा पनि कुनै सरोकार नराख्ने बताए ।
‘एमसिसीमा हाम्रो सहयोग यसअघि पनि थिएन, अब कार्यान्वयन गर्दा पनि कुनै भूमिका रहँदैन,’ उनले भने, ‘एमसिसीमा सत्ता गठबन्धनभित्रका केही दलहरूले गरेको भनेको व्याख्यात्मक टिप्पणी पनि लाज छोप्ने टालोजस्तो छ । राप्रपाले जितेका स्थानीय तहहरूमा फरक मोडालिटी तयार गरिने उनले बताए । भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि आफ्ना पार्टीबाट जितेका जनप्रतिनिधिहरूलाई मन्दिरमा गएर भ्रष्ट्राचार नगर्ने संकल्प गराइने उनले बताए ।
अध्यक्षमा पराजित भएपछि पार्टी छोडेका कमल थापाको विषयमा लिङ्देनले भने, ‘पार्टी परित्याग गरेर राप्रपालाई क्षति हुने भन्दा पनि त्यसलाई शक्तिमा बदलेर अझ सशक्त रूपमा बलियो शक्ति बनाउन प्रेरणा जागेको छ ।

प्रतिक्रिया दिनुहोस