रित्तियो जसपा माओवादी केन्द्र पार्टी हुम्ला बलियो शक्ति(फोटो फिचर)

भक्त राज ऐडी

फागुन २९,२०७८
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र हुम्ला र जनता समाजवादी पार्टी विच समायोजन भएको छ । हुम्लामा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समायोजन भएपछि जसपा हुम्लामा रित्तिएको छ, भने माओवादी केन्द्र हुम्ला बलियो शक्तिकोरुप बनेको छ ।आइतबार जिल्ला समन्वय समितीको सभाहलमा जसपाका केन्द्रिय सदस्य सहित जिल्लाभरका कार्यकर्ता माओवादी नेता कार्यकर्ताको ठूलो उपस्थितीमा समायोजन कार्यक्रम भएको छ ।
हुम्ला जिल्लाबाट जनता समाजवादी केन्द्रीय प्रतिनिधित्व गर्ने २जना केन्द्रीय सदस्य सहित सिङ्गो जिल्ला कार्यसमिती र नेकपा माओवादी केन्द्रबीच आइतबार समायोजन भएको हो । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समय अघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमति अनुसार आइतबार घोषणासभा आयोजना गरेर समायोजन भएको जिल्ला अध्यक्ष लालकेश जैसी बताए ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिरजङ्ग शाहीले केन्द्रीय सदस्यद्वय बिरजङ्ग शाही र कालीबहादुर बिक, संघीय परिषद सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति सदस्य, सात वटा गाउँपालिकाका अध्यउक्ष,तिन सय घरधुरी सहित १५सय जना मतादता संख्या नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजना भएको हो ।
पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य विजय भण्डारी, जिल्लाका सांसद तथा केन्द्रिय सदसय सदस्य छक्क बाहादुर लामा, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसी र कर्णाली प्रदेश सहसचिव लालकेश जैशी लगायतको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस