देशको सबै समस्या समाधान गर्ने पार्टीनै माओवादी भएको :पुर्व मुख्यमन्त्री शाही

अर्जुन बोहरा

फागुन ३०,२०७८
सिमकोट । नेकपा माओवादी केन्द्रले हुम्लाले सिमकोटमा प्रदेशस्तरीय चुनाव केन्द्रित कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
हुम्लामा जसपा पार्टी माओवादी केन्द्रमा आइतबार समायोजन भयपछि स्थानीय तहको लागि लक्षित गर्दे जिल्ला समन्वय समिति सभाहलमा जिल्लाको निर्वाचन क्षेत्र नं २ (ख)को राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आयोजन गरेको माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्केत (मुस्कान)मलामाले बताए ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बाहादुर शाहीले नेपालमा आमुल परिवर्तन गरिएको माओवादीको मुद्धामा हिड्ने तर जनमत भने पक्षमा आउन नसक्नुको कारण जनतामाझ माओवादी पुग्न नसेको हामीनै दोषी भएको बताए ।


आज भएको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–“अब कार्यकर्ताले चुनाव लड्न पैसानै सबैथोक होइन तर माओवादीले गरेको परिवर्तन, मुल कुरा संगठन, क्रियाशिलता र जनसम्बन्धसग जोड्ने पुलको माध्य बनाउनु हो ।” उहाँले हामी अरु पार्टी भन्दा फरक विचारधार भएकोले फकर परिस्थिति बन्नु पर्ने अबस्था आएकोले अघि बढ्न कार्यकर्तालई आग्रह गर्नुभयो ।“ गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डको फाइदा अहिले अरु पार्टीले लिइरहेका छन्, जनताले पछिल्लो समयमा जनताको मुद्दा उठाउने पार्टी माओवादी केन्द्रमात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुस्, हाम्रो पार्टी फेरि पनि एक नम्बर बन्छ ।” पूर्व मुख्य मन्त्रि शाहीले बताए । अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फार्मत सम्मपन्न गरेको दाबी गरेका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद छक्क बहादुर लाामाले हुम्लाको विकासको क्षेत्रमा पछि परेको गुनासो व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेशले कहिल्यै पनि विकासको काम सम्बन्धि पहल नभएको आफु संघीय सांसद भएको बजेट बाँडेन ठाउँमा नभएको गुनोस गर्नु भयो।“ नेकपा माओवादी केन्द्र सदैव सशक्त भएर अघि बढ्ने र कोही पनि विचलित हुन नपर्ने सांसद लामाको भनाई छ।
कार्यक्रममा पार्टीकै केन्दिय सदस्य तथा हुम्ला जिल्ला इन्र्चाज विजय भण्डारी (प्रतिरोध)ले माओवादी सिद्धान्त र विचारलाई भन्दा प्राविधिक कुरातिर बढी केन्द्रित भएको विचार राख्नुभयो।
प्रशिक्षण कायक्रमा बोन्दै पूर्व जसपाका केन्द्रिय सदस्य विरजन शाहीले जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरि विश्वास गरेको भन्दै उनले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको बताए ।
माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष तथा पूर्व कृषि मन्त्री विमाले केसीले हुम्लामा आयोजना गरेको जिल्लाको निर्वाचन क्षेत्र नं २ (ख)को राजनीतिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले। आफ्नै जनमत बनाउन बैचारिक, राजनीतिक र साङ्गठानिकरुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिएईन ।
प्रशिक्षण कायक्रमा बोन्दै पूर्व जसपाका केन्द्रिय सदस्य विरजन शाहीले जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरि विश्वास गरेको भन्दै उनले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको बताए ।
जिल्ला अध्यक्ष लालेक जैसीको अध्यक्षतामा भएको बैठक प्रशिक्षणमा सामायोज भएका र्पूव केन्द्रिय सदस्य कालिबहादुर विक (श्रींखला) लगायतका नेताहरुले पनि पार्टीको योजनालाई कार्यान्वयन गर्न जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस