माओवादी केन्द्र हुम्ला जिल्ला संयोजक डा. रोकाया
चैत२ ,२०७८
सिमकोट । माओवादी (केन्द्र)को जिल्ला समन्वय समितिको संयोजक डा. दीपेन्द्र रोकाया लाई चयन गरेको छन ।
संयोजक कर्णाली प्रदेश योजना आयोग सदस्य रुपमा जिम्मा लिएका अहिले सम्मकै उच्च विज्ञय डा. रोकाया हुम्ला जिल्ला समन्वय समितिको संयोजकमा मनोनित गरेको कर्णाली प्रदेशका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व कृषि मन्त्री विमाल केसीले बताउनु भयो ।
माओवादी (केन्द्र)को प्रदेश सदस्यबाट रोकाया चयन भएका हुन्। डा रोकाया माओवादी केन्द्रसँग युद्धकालिन समयदेखि नै आवद्ध हुँदै आएका छन् । उनी युद्धकालिन अवस्थामा विभिन्न पद तथा पार्टीले सञ्चालन गरेको सञ्चार क्षेत्रमा समेत क्रियासिल भएका थिए ।
राजनिति रुपा उच्च अध्ययन गरेका विज्ञयरुपमा रहेका रोकायाले पछिल्लो समय जिल्लाको उदाउँदो युवा नेताको रुपमा आफूलाई स्थापित गरेका छन्
यसअघि माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसी थिए भने कर्णाली प्रदेश माओवादी केन्द्रका सह–सचिव मनोनित गरेपछि डा रोकाया अहिलेकै विज्ञयकैरुपमा हुम्ला जिल्ला संयोजकको जिम्मेवारी पाएका छन ।
माओवादी केन्द्र हुम्लाको निवर्तमान जसपाका अध्यक्ष धर्मराज बोहरा(विज्ञान )लाई जिल्ला सचिवको जिम्मेवारी तोकिएको छ। माओवादी केन्द्र हुम्लाले जिल्ला समन्वय समिति संयोजक र सचिव गरि १सय ४ जनाको कमिटी चयन गरेको छ । माओवादी केन्द्रमा हुम्लामा जसपा समायोज भएपछि नँया कमिटि चयन गरेको पूर्व अध्यक्ष तथा कर्णाली प्रदेशका सह–सचिव लालकेश जैशीले जानकारी दिए ।