गठबन्धनको अधिकार स्थानीय तहलाई दिनुपर्ने प्रदेश सभापतिहरुको माग

फिल्को मिसन

चैत ११, २०७८
काठमाडौ। । नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले गठबन्धनको अधिकारी स्थानीय तह लाई दिनु पर्ने माग राखेका छन ।
आज केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रदेश सभापतिहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन केन्द्रबाटै तोकेमा काँग्रेस निलहुने अबस्था भएकोले त्यसो नगर्न केन्द्र पार्टी अध्यक्ष लाई आग्रह गरेका छन । प्रदेश सभापतिले प्रदेशभित्र प्रतिनिधिसभा, प्रदेशसभा, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरूको नेतृत्व गर्ने भए पनि उनीहरूलाई केन्द्रबाटै टिकट वितरण हुँदा आफूहरू भूमिकाविहीन हुने भन्दै संसदीय बोर्ड, कार्यसम्पादन समिति र केन्द्रीय समितिमा पदेन सदस्यको भूमिका माग गरेका थिए ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अम्बर पुन, कर्णाली प्रदेश सभापति ललित बहादुर शाहीले गठबन्धन गर्न नहुनेमा जाड दिएका हुन् ।
गठबन्धन गरेमा स्थानीय आवश्यकता अनुसार मात्र गर्नु पर्ने उनीहरुको जोड छ । गठबन्धन किन गर्ने, गर्दा के हुन्छ, केन्द्रबाटै गठबन्धन गर्ने की स्थानीय आवश्यकता अनुसार गर्ने यी तीनवटा प्रश्नमा बैठक केन्द्रित रहेको छ ।
कर्णाली प्रदेशका सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा काँग्रेस निल हुने बताएका छन् । नेकपा माओवादी केन्द्रले ज– जसले जहाँ जितेको हो त्यो ठाउँमा आफूसँगै राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस