सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

फिल्को मिसन

चैत १२,२०७८

काठमाडौं। सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन्। शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन्। अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हो। त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन्। त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गरिन्। त्यस्तै, सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन्। कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन्।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्। सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।

 

प्रतिक्रिया दिनुहोस