नेपाल र चीनबीच नौबुँदे सम्झौतामा हस्ताक्षर
चैत १२,२०७८
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालल बताईन ।समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् ।
शुक्रबार नेपाल आएका विदेशमन्त्री भोली स्वदेश फर्किनुहुने छ ।