राष्ट्रिय भूमि आयोग हुम्लाको पदभार ग्रहणसँगै कार्यालय उद्घाटन

फिल्को मिसन

चैत २५,२०७८
सिमकोट । हुम्लामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति गठन गर्ने मन्त्री परिषदको निर्णयसँगै कार्यालय उद्घाटन र पद्भार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय समितिको कार्यालयमा प्रमुख जिल्ला अधिकारी सिता नेपालीले उद्घाटन गर्नु भयो ।
गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा चन्द्र बहादुर बुढा लाई नियुक्त गरेपछि शुक्रबार कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको जिल्ल मालपोत कार्यालय हुम्लाका प्रमुख रविन्द्र शाहीले जनाकारी दिनुभयो ।
कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष बुढाले पदभार सम्हालेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति नौ सदस्यीय रहने व्यवस्था छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । जिल्लामा ९ सदस्यीय समिति रहनुपर्ने ब्यवस्था अनुसार अध्यक्षमा चन्द्र बहादुर बुढा, नापी कार्यालयका प्रमुख सदस्य सचिब,जिल्ला समन्वय समितिका अधिकारी, जिल्ला प्रशासन कार्यालयले तोकेको अधिकृत, मालपोत कार्यालय प्रमुख र बन कार्यालय प्रमुख पदेन सदस्य रहने व्यस्वस्था रहेको छ । यस्तै, महिला सदस्यमा नानी मैया थापा कार्कि (बसन्ति) , खुल्ला सदस्यमा बर्ख बहादुर शाही (विर्मश), र एकजना बिज्ञ सदस्य सिफारिस गर्न बाँकी रहेको बताएको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्नेे सरकारको योजना अनुरुप गठित आयोग अन्तर्गत जिल्ला समितिले बार्षिक कार्ययोजना बनाएर अघि बढ्ने नवनियुक्त अध्यक्ष बुढाको भनाई छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र पार्टी हुम्ला जिल्ला संयोज डा दीपेन्द्र रोकाया, नेपाली काँग्रेस पार्टी हुम्लाका जिल्ला उपशभापति कैलाश भण्डारी, प्रमुख जिल्ला अधिकारी सिता नेपाली लगाएयताका सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस