रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा
चैत२६,२०७८
काठमाडौं । सरकारले रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । अस्ति बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको राम नवमीको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आज सूचना निकालेर यसबारेमा जानकारी गराएको हो । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वमा भगवान रामचन्द्रको पूजा आराधना गरिन्छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको कोखबाट रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो । विष्णुको सातौँ अवतारमा रुपमा भगवान रामलाई लिने गरिन्छ ।