सुदूरपश्चिमा गठबन्धन तोड्योे जसपा

चैत २६,२०७८
धनगढी । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन तोड््ेको छ। केन्द्रमा गठबन्धन दलहरूबीच भएको सहमतिविपरीत नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन बाहिरको घोषण गरेको छ । केन्द्रबाट पाँचदलीय गठबन्धन प्रदेश तथा स्थानीयस्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो तर जसपालाई आउट गर्दै अगाडि बढ्न खोजेको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताए। यस्तै सुदूरपश्चिममा गठबन्धन नहुने पनि उनले बताए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।