नेकपा एस पार्टीमा आकर्षण बढेको छ,:अध्यक्ष नेपाल

फिल्को मिसन

चैत२६,२०७८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतामा आफ्नो पार्टीको आकर्षण बढेको दाबी गर्नुभएको छ । र्
ले लिएको विचारका कारणले जनताको माझ पार्टीको आकर्षण बढेको उहाँको भनाइ थियो । आज काठमाडौंमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा युवाहरूको आकर्षण बढेको दाबी गर्नुभयो । आफ्नो पार्टीमा, पार्टी प्रवेशको लहर चलेको पनि अध्यक्ष नेपालले बताउनुभयो । विभिन्न प्रदेशमा पार्टी सशक्त रूपमा उदाएको बताउँदै अध्यक्ष नेपालले धेरै ठाउँमा नेकपा एमालेलाई समेत पछि पारेको जिकिर गर्नुभयो । एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको र कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उहाँको दाबी रहेको थियो उनले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको पनि बताए । नेकपा एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरू त्यहाँ बस्न नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस