स्थानीय तह निर्वाचन लागि हुम्लामा तीन दलको गठबन्धन
चैत २७,२०७८
सिमकोट । सरकारले ३० वैशाखमा स्थानीय तहको मिति तोकेसँगै हुम्लामा पनि राजनितीक दलहरू चुनाव केन्द्रित भएका छन्। जिल्लामा क्रियाशीलर तिन राजजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । चैत २८ गते सोबार बस्ने गठबन्धन दलको बैठकमा सहभागी हुने को लागि प्रत्येक दलका तिन जना सदस्यहरुको नाम सिफारिस गर्न बैठकले निर्णय गरेको छ ।
बैठकले दलकातर्फबाट गठबन्धनको बैठकका सहभागी तीन वटै दलका तीन तीन जना सदस्यहरुको नाम दलहरुले सिफारिस गर्नु पर्ने, गठबन्धन वारे सबै पालिका तहमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रचारात्मक कार्यमा खटाउने र चैत २८ गते पून गठबन्धन दलको बैठक बस्ने निर्णय भएको बैठकमा सहभागी हुने माओवादी केन्द्रका जिल्ला संयोजक डा दीपेन्द्र रोकायाले जानकारी दिए । बैठकमा सहकार्य गर्ने मोडालिटीबारेमा थप छलफल भने सोमबार केन्द्रको मोडालिटी आउने र त्यसपछि छलफल हुने डा रोकायाले बताए । ।
सोमबार बस्ने भनिएको गठबन्धनको बैठकमा सात वटै गाउँपालिकामा आफ्नो संगठनको अवस्थाका बारेमा प्रतिबेदन दलहरुले ल्याउने छन् ।
त्यसबाट पनि दलहरुलाई निर्वाचन लागि मोडालिटी तय गर्न सहज हुने बताईएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको सहभागीता बैठेक बसेको थियो । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले हुम्लाका ७ वटै स्थानीय तहमा र ४४ वटा वडामा कसरी जना बारेमा सोमबार बैठक बस्ने भएको छ । सिमकोटमा बसेको बैठकमा कांग्रेस जिल्ला सभापति मोहन विक्रम सिंह, काँग्रेस उपसभापति बशन्त रोकाया ,माओवादी केन्द्र जिल्ला इन्र्चाज विजय भण्डारी, जिल्ला संयोजक डा दीपेन्द्र रोकाया, एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश सदस्य तिर्थराज रोकाया सहभागि रहेका छन ।