विवाद मिलाउन प्रहरी निरीक्षक टोली श्रीनगरमा

चैत २७,२०७८
सिमकोट । शुक्रबार राति भएको द्विपक्षीय घटना मिलाउन प्रहरी निरीक्षको टोली अदानचुली गाउँपालिकाको श्रीनगरमा पुगेको छ। आपसी विवादमा संलग्न भएका दलसँगको बैठकले गरेको निर्णयअनुसार प्रहरी निरीक्षक दामुु पुुनको नेतृृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली श्रीनगर पुुगेको हो।
शुक्रबार राति अध्यक्ष फडेराको नेतृत्वमा रहेका एमाले कार्यकर्ताले माओवादीनिकट व्यक्तिका होटेल र पसलमा तोडफोड गरेको भन्दै माओवादी कार्यकर्ताले शनिबार दिउँसो फडेराको घरमा तोडफोड प्रयास गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी सिमता परियारको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा एमाले र माओवादी केन्द्रका नेताबीच बैठक बसेर प्रहरी निरीक्षकको नेतृत्वमा टोली श्रीनगर पठाएको बताए ।