हुम्लामा चुनावी सुरक्षामा १हजार ८४ जना सुरक्षाकर्मी

फिल्को मिसन

२०७९,बैशाख १३ मंगलबार
सिमकोट । हुम्लामा चुनावी सुरक्षाका लागि एक हजार ८४ जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लाको सातै वटै स्थानीय तहमा हुने चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन ।
जिल्लामा चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि एकहजार चौरासी जना भन्दा बढी सुरक्षाकर्मी खटाइने निर्णय भएको जिल्ला सुरक्षा समितिका अधयक्ष तथा प्रमुख जिल्ला अधिकारी सीता परीयारले बताईन । नेपाल प्रहरी र म्यादी प्रहरी ६८४, शसस्त्र प्रहरी २३०, र आर्मी १७० जना गरेर जिल्लाभर १ हजार ८४ जना खटिने भएको प्रमुख जिल्ला अधिकारी परीयारले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचलाई शान्त र मर्यादित बनाउन प्रत्येक निर्वाचन केन्द्रमा प्रहरी र म्यादी प्रहरी गरेर ८ देखि ११ जनासम्म खटाईने भएको छ । नाम्खा गाउँपालिकाको लागि हेप्का,केर्मी, याल्वाङ्ग, सिमकोट गाउँपालिका लागि ठेहे,तल्लो गाउँ,टुलिङ्ग , खार्पुनाथ गाउँपालिकाका सुरक्षाको निम्ती लाली,राया,खार्पुनाथ राखिने प्रजिअ परियारले बताए ।
यस्तै गरी सर्केगार्ड गाउँपालिकाको सुरक्षाको लागि तुम्चा,सायाँ, गोठी,र चंखेली गाउँपालिकाको सुरक्षाको लागि मिमि,देउली,पिप्लाङ्ग अदानचुली गाउँपालिकालाई सुरक्षा दिन कल्के,श्रीनगर,बारीगाउँ र ताजाँकोट गाउँपालिकालाई सुरक्षा दिन भैसाबाँझ,मदना,छप्रेला,राखिने भएको प्रजिअ परियारको भनाई छ । शान्त, वातावरण निर्वाचन सम्पन्न गर्ने हिसाबले सुरक्षाकर्मीको मजबुत रुपमा खटाइएको छ ।
सुरक्षाकर्मी अपुग भएमा प्रदेशबाट थप सुरक्षा व्यवस्था मिलाउन पहल भईरहेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस