हुम्लामा ९४१जनाको मनोनयन दर्ता सम्पन्न

फिल्को मिसन

२०७९, १३ बैशाख मंगलवार
सिमकोट । हुम्ला जिल्लामा सातवटा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका लागि ९सय ४१ जनाको मनोनयन दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृत कायालर्य हुम्लाले आज बिहान ११ बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार गाउँपालिकाको प्रमुख पदकालागि ३६जना ,उपप्रमुखमा ४३ जना, वडाध्यक्षमा २३०, महिला,सदस्यमा १७३, दलित महिला सदस्यमा १०९, र सदस्य पदका लागि ३५० जनाले उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेले बताउनुभयो ।
सात वटा स्थानीय तहका प्रमुख, उपप्रमुख,१४ जना,वडा अध्यक्ष १४, सोही महिला सदस्य र दलित महिला सदस्य गरी कूल २ सय ३४ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुने भएको छ ।
हुम्ला सातैवटा स्थानीय तह लागि विभिन्न पदका लागि अदानचुलीमा १०४, खार्पुनाथमा १०८,चंखेलीमा १७६, ताँजकोटमा ११३, नाम्खा ८३, सर्केगाड २२५ र सिमकोटमा १२७ जनाले दर्ता गराएको छ । गाँपालिका अध्यक्षका लागि सबै भन्दा बढी ताँजकोटमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पदका सर्केगाडमा २२५ जनाको उम्मेदवारी दर्ता भएको छ भने सबै भन्दा कम नाम्खा गाउँपालिकामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता सम्पन्न भएको बताएको छ ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

 

 

प्रतिक्रिया दिनुहोस