स्थानिय तह निर्वाचनका लागि १ लाख ५२ हजारभन्दा उम्मेदवारी

फिल्को मिसन

१५ बैशाख २०७९ विहीबार
काठमाडांै । स्थानीय तह निर्वाचनका लागि एक लाख ५२ हजारभन्दा धेरैले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले हिजो बेलुकीसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन गरिएको जनाएको हो ।
आयोगका अनुसार अहिलेसम्म दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ । आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस