हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु

फिल्को मिसन

१५बैशाख,२०७९ बिहिबार
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युभएको छ ।मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको बताए ।साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो,’ओझाले भने ,‘ अहिलेसम्म मृत्युको कारण खुल्न सकिरहेको छैन ।’यस घटनाबारे अनुसधन्धान भईरहेको भईरहेकोे बताए ।

प्रतिक्रिया दिनुहोस