हुम्लामा मतपत्र आइपुग्यो

१५बैशाख,२०७९ विहीबार
सिमकोट । निर्वाचनका लागि आवश्यक पर्ने ५८ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र विहीबार जिल्ला आइपुगेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहिबार जिल्लामा आइपुगेको हो ।
दुई दिन लगाएर नेपालगञ्जबाट ३८हजार मतपत्र लगायत आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जनाइएको छ । ३८ हजार मतपत्र नेपाली सेनाको हेलीकप्टरमार्फत पुगेको भने बुधबार मतपेटीका लगायतका निर्वाचन सामाग्री पुगेको हो । ८५ लिटरका १२८ मतपेटीका समेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । जिल्लामा मतपत्र लगायतका सामाग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो । मतपत्र नेपाली सेना,प्रहरीको सुरक्षा घेरामा ल्याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । हुम्लामा जिल्लाको सातवटै गाउँपालिकाको कुल मतदाता संख्या ३२ हजार ५सय ८१ रहेको छ ।