सिमकोट गाउँपालिका बेलुका ३ बजे बाट मतगणना सुरु

फिल्को मिसन

२०७९ बैशाख, ३१ शनिवार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकामा बेलुका ३ बजे बाट मतगणना सुरु भएको छ । अहिले सर्बदलिय बैठक बसी ३ बजे बाट मत गणन शुर भएको निर्वाचन अधिकृत कार्यालय जानकारी गराएको छ । सिमकोट गाउँपालिकामा जम्मा ५ हजार ३ सय ४७ मत खसेका छ।
हुम्लामा ७९.४ प्रतिशत मत खस्यो
स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लामा ७९.४ प्रतिशत मत खसेको छ । वैशाख ३० गते खसेको हुम्ला जिल्लाका सात वटै गाउँपालिका र ४४ वटा वडाको हो । जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार सिमकोट ५ हजार ३४७ खार्पुनाथ ३ हजार १२४ सर्केगाड ५ हजार २५४ चंखेली २ हजार ६९६ अदानचुली ३ हजार ९३१ ताजाँकोट ३ हजार ३१ र नाम्खा २ हजार ३७१ मत खसेको जनाएको छ । हुम्ला जिल्लामा कुल २५ हजार ७५४ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस