चंखेली दुई मतदान केन्द्रमा पुनः चुनाव गराउन वाम गठबन्धनको माग

२०७९ बैशाख,३१ शनिबार
सिमकोट । मंसिर १० गते सम्पन्न हुम्लाको चंखेली गाउँपालिकाको २ नम्बर वडामा मतदान केन्द्रमा पुनः चुनाव गराउन वाम गठवन्धनले माग गरेको छ ।
स्वतन्त्र उम्मेदवारले धाधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका हुन्। शनिबार विज्ञप्ति जारी गर्दै वाम गठबन्धनले महादेव मावि मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवार पक्षदरले मतदान केन्द्र कब्जा गरेको आरोप लगाएका छन् । मतदान केन्द्रमा आफ्ना कार्यकर्ता तथा मतदातालाई जान नदिर्इ स्वतन्त्र उम्मेदवार प्यारी लाल शाही पक्षले एकलौटी मतदान गरेको गठवन्धनको आरोप छ ।
संघीय सांसद छक्कबहादुुर लामा सहित गठबन्धन दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले माग गरेका हुन्। ९०३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा ३९० मतमात्र खसेको थियो। सांशद लामाले यही संख्याबाट धाँधली भएको आरोप लगाए।
उनले मतदातालाई मतदान गर्ने अधिकारबाट बञ्चित गर्ने अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारवाही गर्न र छपन्न प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकोले पुन मतदान गर्न माग राखेको बताए।
शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्षपदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्न वञ्चित भएकोले मतदान केन्द्रको मतदानकार्य रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालय निवेदन पेश गरि सकेका छन् ।