खार्पुनाथ–१ का वडाध्यक्षमा नेपाली कांग्रेसका जयबहादुर शाही विजयी

२०७९ बैशाख,३१
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका जयबहादुर शाही विजयी भएका छन्। उनले ४६९ मत सय ६९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिनन्द जैसी १सय ९६ मत मत ल्याएर पराजित भए। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना गठबन्धनका सदस्यहरु निर्वाचित भएका छन्।
उक्त गाउँपालिकाको हालसम्मको मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका कर्णबहादुर रावल ४५३ मत ल्याएर पहिलो स्थानमा छन् भने एमालेका प्रकाशबहादुर शाहीले २११ मत ल्याएका छन्।