
हुम्लाको सिमकोट गाउँपालिका–१ मा गठबन्धनकोे प्यानल नै विजयी
जेष्ठ १, २०७९ आइतबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । नतिजाअनुसार वडा नम्बर १ मा गठनबन्धको प्यानल नै विजयी भएको छ । साँझ ६ बजेर ७ मिनेटबाट सुरु भएको मतगणना कार्य ११ बजेसम्पन्न भएको हो ।
गठनबन्धन प्यानल बाट वडा अध्यक्ष गोर्ख लामा पहिलै नै निरविरोध निर्वाचत भएका छन। वडा १ मा ३ सदस्यका साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मतदा भएको थियो भने १ को मतगणना कार्य सम्पन्न भएको छ ।
वडा १ मा नेपाली कांग्रेसका महिला सदस्यमा दिफ भण्डारीले ४९५ मत ल्याउनु भएको छ भने एमालेका उनका प्रतिद्वन्द्वीले ५० मत ल्याउनु भएको हो । यस्तै खुल्ला सदस्य नेकपा माओवादीका गोरख बहादुर भण्डारीले ४८२ मत ल्याएर सदस्यमा बजियी हुनु भएको छ ।
यस्तै खुल्ला सदस्यमा नेपाली कांग्रेसकाले ४८३ मत ल्याएका छन् । यसै गरि गाउँपालिका अध्यक्षका लागि हसिया हथौडामा ५०४, उपाध्यक्ष रुखमा ४८२, अध्यक्ष एमालेमा ६४, उपाध्यक्षमा ७४ मत खसेको थियोे । भने हलो २, खरायोमा ६ मत खसेको थियो