सिमकोट–२ का वडाध्यक्षमा नेपाली कांग्रेसका देवजंग बोहरा निर्बाचित

फिल्को मिसन

२०७९ जेष्ठ,१ आइतबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसका देवजंग बोहरा विजयी भएका छन्। उनले ३ सय७० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमाले बाट उम्मेदार गोखर विष्टले २सय ७२ मत ल्याएर पछाडि परेका छन । त्यसै गरि महिला वडा सदस्य नेकपा माओवादी केन्द्रका डाँफु बोहराले ३सय ५० मत, दलित खुल्ला सदस्य नेकपा माओवादी केन्द्रबाट कौरा सुनार ३सय ८८मत,खुल्ला सदस्य नेकमा माओवादी केन्द्रका राम बोहरा र खुला सदस्यमा काँग्रस बाट काल बहादुर सुनार विजय भएका छन ।
उक्त गाउँपालिकाको हालसम्मको मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली नेकपा माओवादी केन्द्र १र २ वडा गरि जिय भण्डारी १हजार ५१ मत ल्याएर पहिलो स्थानमा छन् भने एमालेका महेन्द्र बाहदुर शाहीले २२० मत ल्याएका छन्। त्यसै गरि उपध्यक्षमा नेपाली काँग्रेसका शुशिला रोकायाले ८सय १५ मत ल्याएका छन भने् उनका प्रतिद्वन्द्वी प्रतिमा लामाले ३ सय १८ मत ल्याएका छन । त्यसै गरि उपाध्य पदमा स्वत्रन्त्र उम्मेदार खरायो चिन्ह बाट ५० मत,हलोमा ९ मत प्राप्त गरेको छन । सिमकोट गाउँपालिकाको ३ वडाको मत गणना शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस