हुम्लाको ताँजकोटमा माओवादी केन्द्रका लालकेश जैशी बिजयी

फिल्को मिसन

१ जेष्ठ २०७९, आईतवार
सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिकमा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । भर्खरै सकिएको मतगणनाबाट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका लालकेश जैसी बिजयी हुनुभएको हो । बिजयी हुनुभएका जैशीले १हजार हजार ८सय १० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजमल बुढाले ९सय ९५मत ल्याउनुभयो । उहाँहरुबीच मतान्तर ८सय १५मत रहेको छ । जैशी यसअघिको माओवादी केन्द्र जिल्ला पार्टीे अध्यक्ष बन्नुभएको थियो ।
त्यसै गरि गठबन्धनका उम्मेदवार नेपाली काँग्रेस तर्फबाट सुरेन्द्र थापा १हजार ३सय ९१ मत प्राप्त गरी बिजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकि रुपचन्द्रा ऐडीले ४सय ९७ मत मत ल्याउनुभयो । उहाँहरुबीच मतान्तर ८९४ रहेको छ । त्यसै गरि स्वतन्त्र तिलक ब शाही ४सय २८ मत र एकीकृत समाजवादी का सम्पति शाहिले २सय ८९ मत पाएका छन ।
५ वडा रहेको गाउँपालिकाको ४वडामा नेकपा माओवादी केन्द्र र १वडामा माओवादी केन्द्रका मोहनलाल रिठाल प्यानल सहित बिजयी भएको छ । वडा नं. २ मा माओवादीका अजविर खत्रीको प्यानल सहित विजय, ३ मा अध्यक्ष बाहेक ४ वटै सदस्य माओवादीका विजयी छन भने वडा अध्यक्ष एमालेका राजेन्द्र शाहि बिजय भएका छन । त्यसै गरि वडानं ४मा माओवादीका राज बहादुर बोगटी र ५ मा माओवादी का मंगल नेपालीको प्यानल सहित विजय

प्रतिक्रिया दिनुहोस