नाम्खा अध्यक्षमा माओवादीका प्रेम लामा निर्वाचित

फिल्को मिसन

मंगलबार, जेठ ०३, २०७९
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी भएका छन । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन् । अध्यक्ष पदमा निर्वाचित लामाले १ हजार ४सय ६६ मत ल्याएर विजयी भएका हुन् भने उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६सय ६२ मत ल्याउनु भएको छ ।
त्यसैगरी उपाध्यक्ष लामाले १हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लाक्पानुर्बु लामाले ५सय ६५ मत ल्याउनुभयो । उहाँ कांग्रेस निकट हुन् । नाँम्खामा तीन हजार १सय ८२ मत रहेकोमा २ हजार ३सय ७१ मत खसेको थियो ।

वडा नम्बर १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेका सुनाम लामा विजयी हुनु भएको छ । वडाध्यक्षमा निर्वाचीत लामाले ३१२ मत ल्याएर विजयी हासिल गर्नु भएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका दावा लामाले ३०१ मत ल्याएका हुन् ।
वडा नम्बर २ को वडाअध्यक्षमा सुनाम क्याप लामा निर्वाचित भएका छन् । उहाँ ३ सय १८ मत ल्याएर निर्वाचित भएका हुन् । उहाँ कांग्रेस निकट हुन् । वडा नम्बर ३ को वडाध्यक्षमा छिरिङ ग्याम्जो लामा निर्वाचित भएका छन् । उहाँले १ सय ५६ मत ल्याई निर्वाचित भएका हुन् । उहाँ नेकपा माओवादी निकट हुन् ।
वडा नम्बर ४ मा भने एमालेका लातार लामा विजयी भएका छन् । उहाँले १२९ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् ।

५ नम्बर वडामा कांग्रेस पाल्जोर लामा विजयी भएका छन् । उहाँले १६६ मत ल्याएका थिए । नाम्खा गाउँपालिका–६ को लिमीबाट भने यसअघि नै पाल्जोर तामाङ स्वतन्त्रबाट निर्वाचित भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस