सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसमा रोकाया विजयी

मंगलरबार,३,जेष्ठ,२०७९
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन्। रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए।
उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार चन्द्र सिंह कार्की ३ हजार २८२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी जुनकुरा कार्कीले १ हजार ६५ मत पाइन्।
आठ वडा रहेको सर्केगाडको वडा नम्बर २ मा माबल कार्की र वडा नम्बर ६ मा पदमबहादुर शाही एमालेबाट विजयी भएका छन्। वडा नम्बर ८ मा रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा माधनमल छत्याल नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका छन्।