हुम्लाको चंखेली–दुईमा आज मतदान

फिल्को मिसन

४ जेष्ठ २०७९ु, बुधबार
सिमकोट । हुम्लामा चंखले गाउँपालिका दुईमा शुक्रबारमा स्थगित भएको स्थानीय तहको निर्वाचन आज मतदान भएको छ ।
हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर २मा महादेव मावि मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आज मतदान भएकोे हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।
वैशाख ३० गते आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको भन्दै उजूरी परेपछि आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गराउन लागेको पौडेलले बताए। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। नर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त मतदान केन्द्रमा ९ सय ३ मतदाता रहेकोमा ३सय ९० मत मात्रै खसेको थियो मतदानका लागि कर्मचारी र मतपत्र पठाइसकेको पौडेलले जानकारी दिए। निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस