मतगणना अपडेट : कांग्रेसका १९२,एमाले १२० सय उम्मेदवार विजयी

फिल्को मिसन

४ जेष्ठ २०७९ु, बुधबार
काठमाडौं । गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । यो खबर तयार पार्दासम्म ४ सय १७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले १ सय ९२ स्थानीय तहमा जित हाँसिल गरेको छ भने १ सय २५ स्थानमा अगाडी रहेको छ । यसैगरी नेकपा एमाले १ सय २० पालिकामा विजयी हुँदा ७७ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले ८३ स्थानमा जित हाँसिल गरेको छ भने ३३ स्थानमा अगाडी रहेको छ । अन्य तर्फ १२ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने १६ स्थानीय तहमा अगाडी छन् । नेकपा एकीकृत समाजवादीले ७ स्थानमा जितेको छ भने १५ स्थानमा अगाडी रहेको छ । जनता समाजवादी पार्टी (जसपा)ले ५ स्थानमा जित निकालेको छ भने २८ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने अहिलेसम्म जित निकाल्न सकेको छैन । तर, १० स्थानमा अगाडी छ ।

प्रतिक्रिया दिनुहोस