आमा -छोरी दलित महिला सदस्यमा निर्वाचित
४ जेष्ठ २०७९ु, बुधबार
सिमकोट । सिमकोट गाउँपालिमा स्थानीय तहको निर्वाचनमा फरक वडा र फरक पार्टीबाट एउटै पदमा आमा छोरी चुनावी निर्वाचित भएका छन । सिमकोट गाउँपालिका–२वडा बाट गठनबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्य कुरा सुनारले ३८८मत ल्याएर निर्वाचित भईन् ।त्यसै गरि सिमकोट गाउँपालिकामा वडानं ७मा एमाले तर्फबाट रुप्सि सुनारले २२५मत ल्याएर निर्वाचि भएकी छिन । सिमकोट –२का कुरा सुनारकी छोरी सिमकोट –७मा विवाहीत रुप्सि सुनार भयतापनि आमाछोरी दलित महिला सदस्यमा निर्वाचित भएका हुन ।